अरुण काबेली पावरको १७ प्रतिशत बोनस र १०० प्रतिशत हकप्रद पारित

काठमाडौं । अरुण काबेली पावरको लाभांश पारित भएको छ । कम्पनीको भदौ २६ गतेको ११ वार्षिक साधारणसभाले संचालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट वितरण गर्ने लाभांश पारित गरेको हो ।

साधारणसभाले २०७८ असार मसान्तसम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पुंजीको १७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.८९ प्रतिशत नगद लाभांश गरि कुल १७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

कम्पनीको साधारणसभाले पारित गरेसंगै कायम सेयरधनीहरुले अब उक्त लाभांश पाउनेछन् ।

त्यस्तै कम्पनीले १०० प्रतिशत हकप्रद प्रस्ताव पनि पारित गरेको छ । कम्पनीले बोनस वितरण गरे पश्चात कायम हुने पुंजीको १ः१ को अनुपातमा हुन आउने १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित भएको हो ।

कम्पनीले साधारणसभा प्रयोजनका लागि भदौ १५ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेकाले भदौ १४ गतेसम्म कायम शेयरधनीले मात्र प्रस्तावित लाभांश प्राप्त गर्नेछन् ।

अरुण काबेलीले प्रदेश १ मा अवस्थित काबेली नदिबाट २५ मेगावाटको बिजुली उत्पादन तथा बिक्री गर्दै आएको छ। गत वर्ष बिजुली बिक्रि गरेर मात्रै अरुण काबेलीले ७० करोड ६७ लाख रुपैयाँ आम्दानी गरेको थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स