तिहारपछिको सेयरबजारमा हरियाली छायो, सयपत्री हाइड्रोपावरमा लाग्यो सर्किट, यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । तिहार पछिको पहिलो कारोबार भएको दिन सेयर बजारमा हरियाली छाएको छ ।

सोमबार, नेप्से परिसूचक १६.३९ अंकले बढेर १८७४.८७ अंक विन्दुमा आइपुगेको छ ।

आज २५ लाख ७४ हजारको कित्ता सेयर ६९ करोड ७३ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ डेभलपमैन्ट बैंक बाहेक सबै कम्पनीहरुमा हरियाली देखिएको छ ।

आज ११० वटा कम्पनीको सेयर मूल्य बढ्दा ६५ वटा कम्पनीको घटेको छ भने १० वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सयपत्री हाइड्रोपावरमा १० प्रतिशतको सर्किट लागेको छ ।

आज एनआईसी एशिया बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ६ करोड १७ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यसैगरि,एभरेष्ट बैंकको ४ करोड ३९ लाख, नबिल बैंकको ३ करोड ८० लाख, प्रभु बैंकको २ करोड ७६ लाख र शिवम् सिमेन्ट्सको १ करोड ६२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स