आधा दर्जन पसलमा आगलागी, १ करोड बढी मूल्यका सामान नष्ट

काठमाडौं । कैलालीको गौरीगंगा नगरपालिका–१ चौमाला बजारका पसलमा गए राति आगलागी हुँदा झण्डै १ करोड रुपैयाँ मूल्य बराबरको मालसामान जलेर नष्ट भएका छन् । आगलागीबाट चौमाला बजारका बिष्णुकुमार पाण्डेको लुम्बिनी होटलमा एक लाख ५० हजार, जयसिंह भण्डारीको किराना पसलमा १५ लाख, पारस सापकोटाको मोबाइल पसलमा १० लाख मूल्य बराबरको सामान जलेर नष्ट भएका छन् ।

यस्तै हिमाल पुनमगरको मोबाइल पसलमा १२ लाख, छविलाल खनालको हार्डवेयर पसलमा ४५ लाख र टंकप्रसाद आचार्यको सुज सेन्टरमा ३० लाख मूल्य बराबरका सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय प्रवक्ता बेदप्रकाश जोशीले जानकारी दिए ।

हिमाल पुनमगरको मोबाइल ग्यालरी पसलमा साँझको समयमा अचानक विद्युत्को लाइन चुहावट भई लागेको आगो नजिकै रहेका अन्य पसलमा सल्केको थियो । आगलागीको घटनालगत्तै घटनास्थल पुगेको वनवेहँडास्थित सशस्त्र प्रहरीको रिजर्ब गण, नेपाल प्रहरी र स्थानीयवासीको सक्रियतामा घोडाघोडी र गोदावरी नगरपालिकाको दमकलका सहायतामा झण्डै एक घण्टापछि आगो निभाइएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स