काठमाडौं । नेपाली युवा उद्यमी मञ्च चितवनको आयोजनामा ‘ऋणको चालु पुँजीमा राष्ट्र बैंकको नयाँ निर्देशिका र यसको प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका निर्देशक देवेन्द्र गौतमले चालु पुँजीको प्रयोजन फरक क्षेत्रमा बढी भएपछि कडाइ गरेको बताए ।

प्रयोजनभन्दा फरक क्षेत्रमा लगानी हुँदा समस्या भएको भन्दै उनले सहज ऋणले फाइदा र बेफाइदा दुवै भएको उनको भनाइ थियो ।

आन्तरिक उत्पादन बढाउन सुझाव दिँदै स्वदेशी कच्चापदार्थ र रोजगारीमा जोड दिनुपर्ने उनले बताए । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले राष्ट्र बैंकको चालु पुँजीमा पछिल्लो पटक ल्याइएको निर्देशिकाका कारण भएका समस्याका बारेमा प्रकाश पारेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स