काठमाडौं । आइतबार छापावाला सुनको मूल्य ४ सय रूपैयाँले घटेको छ ।
शुक्रबार, सुनको मूल्य ९० हजार ७ सय रूपैयाँ कायम भएकोमा आज भने ४ सय रूपैयाँले घटेर ९० हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
साथै, शुक्रबार चाँदी प्रतितोला १२ सय १५ रूपैयाँ कायम भएकोमा आज भने २० रूपैयाँले घटेर ११ सय ९५ रूपैयाँ कायम भएको छ ।