अन्ततः एलन मस्क बने ट्विटरको मालिक, भारतीय मूलका सीईओ अग्रवालसहित उच्च कर्मचारी बर्खास्त

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले ट्विटर खरिदको अन्तिम सम्झौता गरेका छन्। योसँगै मस्क अन्ततः ट्विटरको मालिक बनेका हुन् ।

न्यूयोर्क टाइम्सका अनुसार अर्बपति मस्कले ४४ अर्ब डलरमा ट्विटर खरिद गरेका हुन् ।

मस्कले स्वामित्व खरिद गरेसँगै ट्वीटरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लगायत माथिल्लो तहका कर्मचारीलाई बर्खास्त गरेका छन् ।

उनले स्वामित्व लिएपछि ट्वीटरका सीईओ पराग अग्रवाल, चिफ फाइनान्सियल अफिसर नेड सेगल, लिगल एन्ड पोलिसी एक्जुकेटिभ विजय गाडे र सल्लाहकार सिन एजेडलाई पनि बर्खास्त गरेका छन् ।

यी कर्मचारीहरुले आफैंले राजीनामा दिएर बाहिरिएका हुन् वा मस्कले ‘फायर’ गरेका हुन् भन्ने क्रा खुलेको छैन । केही समय अगाडिमात्रै मस्क र अग्रवालले एकअर्कालाई आलोचना गरेका थिए ।

भारतीय मूलका पराग अग्रवाल २०२१ को नोभेम्बरमा ट्वीटरको सीईओ बनेका थिए ।

यसअघि मस्कले ४४ अर्ब अमेरिकी डलरमा ट्वीटर किन्ने सम्झौता गरेका थिए । तर, त्यसपछि सम्झौताबाट पछि हटेका थिए । उनी पछि हटेपछि ट्वीटर अदालत पुगेको थियो ।

मस्कलाई अदालतले अक्टोबर २८ (शुक्रबार)सम्म सम्झौता कार्यान्वयन गर्न सीमा तोकिदिएको थियो । अदालतले तोकेको सीमा अगावै उनले सुरुको मूल्य अनुसार नै ट्वीटरको स्वामित्व लिएका हुन् ।

बिहीबार मात्रै हेडक्वाटर पुगेका मस्कले आफ्नो एकाउन्टमा पनि ‘चिफ ट्वीट’ लेखेका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स