एनसीसी बैंकको नाफा घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एनसीसी बैंक खुद नाफा घटेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५१ करोड ६८ लाख रुपैयाँ नाफा गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले ५१ अर्ब ८० लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत आवको तुलनामा बैंकले गरेको नाफा ०.२४ प्रतिशतले कम हो ।

चालु आर्थिक वर्षमा बैंकको खुद नाफा घटेपनि खुद ब्याज आम्दानी भने बढेको छ । बैंकको यस्तो आम्दानी २०.३१ प्रतिशतले बढेको छ । त्यस्तै कुल सञ्चालन आम्दानी १३.७१ प्रतिशले बढेको छ । सञ्चालन मुनाफा भने ०.२६ प्रतिशत घटेको छ ।

असोज महिनासम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७८ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा एनसीसीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ५३ पैसा घटेर १८ रुपैयाँ ५६ पैसामा झरेको छ भने जगेडा कोष ९.४० प्रतिशत बढेको छ ।
बैंकले कुमारी बैंकसँग मर्जरमा जान सहमति गरी सकेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स