साराङकोटमा पञ्चमुखी गणेशमूर्ति निर्माण गरिने

काठमाडौं । कास्कीको साराङकोटको डाँडामा पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले ६ करोड रुपैयाँ लगानीमा पञ्चमुखी गणेशको मूर्ति निर्माण गर्न लागिएको छ । अन्नपूर्ण केबुलकार कम्पनीका महाप्रबन्धक दिनेश पौडेलले निर्माणको काम शुरु भइसकेको बताए ।

“पञ्चमुखी गणेशको मूर्ति निर्माणको काम सुरु भइसकेको छ, ३० फिट अग्लो संरचनामा ३० फिट अग्लो मूर्ति स्थापना गरिनेछ,” उनले भने, “मूर्ति निर्माणको काम भारतमै हुने र त्यहाँबाट ल्याएर स्थापना गरिनेछ ।”

फेवातालबाट अवलोकन गर्न सकिने जमिनभन्दा ६० फिट अग्लो उक्त मूर्ति अन्नपूर्ण केबुलकाको माथिल्लो स्टेसन पुगेर पनि दर्शन गर्न सकिनेछ । करिब दुई अर्ब रुपैंयाँको लगानीमा निर्माण भइ सञ्चालनमा आएको अन्नपूर्ण केबुलकार कम्पनीले नै पर्यटक आकर्षित गर्नका लागि मूर्ति स्थापना गर्न लागेको हो । उक्त मूर्ति स्थापना हुने स्थानमा यसअघि कैलाशेश्वर महादेवको मन्दिर स्थापना भइसकेको छ ।

केबुलकार सञ्चालनमा आइसकेपछि यात्रुहरुले फेवातालदेखि साराङकोटसम्मको यात्रा नौ मिनेटमै गर्न पाएका छन् । कम्पनीले साराङकोटबाट सूर्योदय र सूर्यास्त हेर्न चाहनेहरुका लागि विहान ५ बजेदखि साँझ ६ बजेसम्म केबुलकार सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स