भाइटिका, छठ तथा शनिबार समेत बैंक खोल्ने, कुन बैंकले कुन कुन दिन दिँदैछन् सेवा

काठमाडौं । भाइटिका, छठ र शनिबारसमेत बैंकहरूले बैकिङ सेवा दिने भएका छन् । बैंकहरूले नेपाली चाडपर्वको विदामा पनि सेवा दिन लागेका हुन् ।

सोमबार लक्ष्मी पूजाको दिनदेखि तिहार बिदा सुरु भएको छ । तिहारको बिदा लगत्तै छठ पर्वको बिदा भएकाले वाणिज्य बैंकहरूले तिहार र छठको बिदामा खुल्ने आफ्ना शाखाबारे सूचना निकालेर जानकारी गराएका छन् । ।

कार्तिक १० गते भाइ टिकाको दिन र १२ गते शनिबारसहित १३ गते छठ पर्वको दिनमा पनि बैंकिङ सेवा दिने गरी सूचना निकालेका छन् । वाणिज्य बैंकहरूले काठमाडौं उपत्यकासहित देशै भरका विभिन्न शाखाबाट तालिका मिलाएर सेवा दिन लागेका हुन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स