पहिलो त्रैमासमै अर्बपतिको क्लबका ग्लोबल आईएमई बैंक, अन्य सूचकांक कस्तो ?

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा ग्लोबल आइएमई बैैंकले १ अर्ब १८ करोड ९५ लाख ४५ हजार रुपैयाँ नाफा कमाएको छ । बैंकले कमाएको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.९५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको तीन महिनामा बैंकले १ अर्ब ११ करोड २२ लाख २४ हजार रुपैयाँ नाफा कमाएको थियो ।

चालु आवको पहिलो तीन महिनामा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा आएको सुधारका काराण बैंकको नाफा बढेको हो । असोज मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ३ अर्ब २० करोड २७ लाख ४ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ३३ करोड ८९ लाख ७७ हजार रुपैयाँ रहेको थियो ।

सञ्चालन मुनाफा १ अर्ब ५५ करोड ५६ लाख ६३ हजार रुपैयाँबाट बढेर १ अर्ब ६९ करोड ८७ हजार रुपैयाँ पुगेको छ ।
२३ अर्ब ७९ करोड ५७ लाख ५३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ११ अर्ब ५९ करोड ४२ लाख ३१ हजार रुपैयाँ रहेको छ ।

२ खर्ब ७९ अर्ब ८६ करोड ९७ लाख २३ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २ खर्ब ६१ अर्ब ५६ करोड ८६ लाख ५६ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा १.६२ प्रतिशतबाट बढेर २.१० प्रतिशत पुगेको छ । २० रुपैयाँ प्रतिसेयर आम्दानी रहेको बैंकको प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ २६ पैसा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स