काठमाडौं । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
बैंकले आर्थिक वर्ष २०७९/८० को त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार १ अर्ब ७५ करोड ६७ लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ५७ करोड अर्थात ४८.३० प्रतिशतले बढाएर १ अर्ब ७५ करोड रुपैयाँ पुर्याएको हो । गत आवको पहिलो त्रैमासिकमा बैंकको नाफा १ अर्ब १८ करोड रुपैयाँ मात्रै थियो । बैंकको वितरण योग्य नाफा नै ४ अर्ब २० करोड रुपैयाँ रहेको छ ।
बैंकले पहिलो त्रैमासमा ३ खर्ब ८ अर्ब १८ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७३ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
बैंकको स्व–पूँजीमा प्रतिफल २६.५५ प्रतिशत र वार्षिक प्रतिसेयर आम्दानी ५९.६२ रुपैयाँ रहेको छ ।
११ अर्ब ५६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ११ अर्ब १ करोड रुपैयाँ रहेको छ ।
बैंकको स्प्रेड दर ४.३९ प्रतिशत, आधार ब्याजदर १०.६७ प्रतिशत, सीडी रेसियो ८४.३२ प्रतिशत, कस्ट अफ फण्ड ८.१८ प्रतिशत र खराब कर्जा ०.४९ प्रतिशत रहेको छ ।