पहिलो त्रैमासमा बैंकहरूले कमाए १९ अर्ब रुपैयाँ (कुन बैंकको घट्यो कुन बैंकको बढ्यो ?)

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमास साउन, भदौ र असोज महिनामा वाणिज्य बैंकहरू १९ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । सञ्चालनमा रहेका २६ वाणिज्य बैंकहरूले पहिलो त्रैमासमा १८ अर्ब ९६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् ।

बैंकहरूले गरेको नाफा गत आवको सोही अवधिको तुलनामा ८.९२ प्रतिशत बढी हो । गत आवको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूले १७ अर्ब ४० करोड रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।

यस वर्ष नबिल बैंकसँग नेपाल बंगलादेश बैंक गाभिसकेकोले हाल २६ वटा वाणिज्य बैंकमात्रै सञ्चालनमा रहेका छन् । अघिल्लो आर्थिक वर्षको यो अवधिसम्म २७ वटा वाणिज्य बैंकहरू सञ्चालनमा रहेका थिए ।

चालु आवको पहिलो त्रैमासमा १५ वटा वाणिज्य बैंकको खुद नाफा गत आवको सोही अवधिको तुलनामा बढेको छ भने ११ वटा बैंकको घटेको छ । सो अवधिमा १५ बैंकको खुद नाफा ६.९५ प्रतिशतदेखि ८५.०७ प्रतिशतसम्म वृद्धि हुँदा ११ बैंकको ०.२४ प्रतिशतदेखि ६१.५० प्रतिशतसम्मले घटेको हो ।

प्रतिशतका आधारमा बैंकहरूको नाफालाई वृद्धिदरलाई गणना गर्दा कुमारी कुमारी बैंकले छलाङ मारेको छ । आकारको आधारमा गणना गर्दा एनआईसी एशिया बैंकले सबैभन्दा बढी नाफा कमाएको छ । चालु आवको पहिलो त्रैमासमा एनआईसी एशिया बैंकले १ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले कमाएको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८.७९ प्रतिशतले बढी हो ।

खुद नाफाको वृद्धिदरलाई प्रतिशतको आधारमा हेर्दा सो अवधिमा कुमारी बैंकले छलाङ मारेको छ । गत आवको पहिलो त्रैमासमा आर्जित खुद नाफामा बैंकले ८५.०७ प्रतिशतले वृद्धि गरेको छ । नाफा परिमाणको आधारमा दोस्रो नम्बरमा नबिल बैंक रहेको छ । बैंकले गत आवको पहिलो त्रैमासमा १ अर्ब ५७ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले कमाएको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१.३० प्रतिशतले बढी हो ।

गत आवको पहिलो त्रैमासमा कुमारीले ५४ करोड रुपैयाँ खुद नाफा कमाएको चालु आवको सोही अवधिमा १ अर्ब रुपैयाँ खुद नाफा कटाएको हो । नाफामा उच्च वृद्धि गर्ने सूचीको दोस्रो नम्बरमा स्टयाण्डर्ड चार्टर्ड बैंक रहेको छ । बैंकले गत आवको पहिलो त्रैमासमा ८१ करोड १३ लाख रुपैयाँ नाफा गरेको छ । सो नाफामा गत आर्थिक वर्षको सोही अवधिकोभन्दा ६८.३९ प्रतिशतले वृद्धि हो ।

१२ बैंकको नाफा घट्यो
सञ्चलानमा रहेका २६ वटा बैंकमध्ये १२ वटा बैंकको नाफा घटेको छ भने बाँकी १४ वटा बैंकको नाफा बढेको छ ।
नाफा घटेका बैंकमा एनसीसी बैंक ०.२३ प्रतिशत, मेगा बैंक ४४.३३ प्रतिशत, सानिमा बैंक ३.४५ प्रतिशत, सिटिजन्स बैंक २७.०८ प्रतिशतले घटेको छ ।

माछापुच्छ्रे बैंक १९.६५ प्रतिशत, सनराइज बैंक ६१.४९ प्रतिशत, प्राइम बैंकको नाफा १०.६१ प्रतिशतले घटेको छ ।
नेपाल बैंक १९.६५, एनएमबि बैंक १३.४५, लक्ष्मी बैंक ८.९३, कृषि विकास बैंकको नाफा ५४.४७ र सिद्धार्थ बैंकको नाफा ४७.४८ प्रतिशतले घटेको छ ।

६ बैंक अर्ब क्लबमा
असोज मसान्तसम्म वाणिज्य बैंकले आर्जन गरेको नाफा अनुसार ६ वटा बैंक अर्ब क्लबमा प्रवेश गरेका छन् । अर्ब बढी नाफा कमाउनेमा कुमारी, नेपाल इन्भेष्टमेन्ट, नबिल, राष्ट्रिय वाणिज्य, एनआईसी एशिया र ग्लोबल आइएमई बैंक रहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स