नबिल बैंकको खुद नाफा ४१.३० प्रतिशतले बढी, ईपीएस कति ?

काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा बढेको छ।

समीक्षा अवधिमा बैंकको खुद नाफा ४१.३० प्रतिशत बढेर १ अर्ब ५७ करोड १५ लाख रुपैयाँ पुगेको छ। गत आवको पहिलो त्रैमासिकमा नबिलले १ अर्ब ११ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६४.०५ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ४०.१६ प्रतिशत, कुल सञ्चालन आम्दानी ५२.९९ प्रतिशत र सञ्चालन मुनाफा ४०.३८ प्रतिशत बढेको छ।

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ९१ करोड रुपैयाँ रहेको छ।

नाफा बढेपनि बैंकको ईपीएस अर्थात प्रतिसेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ४ रुपैयाँ ५८ पैसा घटेर २७ रुपैयाँ ५३ पैसामा झरेको छ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकको जगेडा कोष २।२९ प्रतिशत बढेको छ भने निक्षेप २.४१ प्रतिशत र कर्जा १.५४ प्रतिशत बढेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स