लक्ष्मीपूजाको दिन पारेर सानिमा जनरल र जनरल इन्स्योरेन्सबीच एकीकृत कारोबार सुरु

काठमाडौं । आजबाट सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्सबीच एकीकृत कारोबार सुरु भएको छ । सोमबार लक्ष्मीपूजाको दिन दुई कम्पनी मर्जरपछि सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीको रूपमा एकीकृत कारोबार सुरु भएको हो । कम्पनी बराबरी हैसियतमा गाभिएका हुन् ।

दुई कम्पनीबीच भएको एकिकृत कारोबार बीमा समितिको अध्यक्ष सूर्या सिलवालद्धारा उद्घाटन गरेका हुन् । उक्त मर्जर सम्झौता बीमा क्षेत्रको इतिहासमै दोस्रो हो । नयाँ कम्पनीको कर्पोरेट लोगो पनि सार्वजनिक भएको छ ।

मर्जर पश्चात कम्पनीको अध्यक्षमा जनरलका कुनाल कयाल र प्रमुख कार्यकारी अधिकृतमा सानिमाका सुद्युम्न उपाध्याय रहनेछन् ।

दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न बीमा समितिले असोज १४ गते र कम्पनी रजिस्ट्रार कार्यालयले असोज २७ गते अन्तिम स्वीकृति दिएका थिए। यी दुवै कम्पनीको गत असोज ११ गते बसेको विशेष साधारणसभाले मर्ज प्रक्रियालाई स्वीकृत गरेको थियो।

दुवै कम्पनीबीच गत असार २९ गते मर्जरमा जाने प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको थियो।

मर्जरपछि कम्पनीको चुक्तापुँजी २ अर्ब रुपैयाँ पुगेको छ । जगेडा कोषमा ३६ करोड ९३ लाख रुपैयाँ र बीमा कोषमा ४१ करोड रुपैयाँ सञ्चित छ।

मर्जपछि बन्ने कम्पनीको केन्द्रिय कार्यालय टंगालमा रहने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स