ग्लोबल आइएमई बैंकको लाभांश घोषाणा

काठमाडौं । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७८/७९ को लाभांश घोषाणा गरेको छ । बैंक संचालक समितिको आइतबार बसेको बैठकले आर्थिक वर्ष २०७८/७९ को वितरण योग्य मुनाफाबाट आफ्ना सेयरधनीलाई १३.६ प्रतिशत लाभांश वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

बैंकको चुक्ता पूँजी २३ अर्ब ७९ करोड रुपैयाँको ३ प्रतिशतले हुन आउने करिब ७१ करोड ३८ लाख रुपैयाँ बराबरको बोनस सेयर र १०.६ प्रतिशतले हुन आउने करिब २ अर्ब ५२ करोड २३ लाख रुपैयाँ बराबरको नगद लाभांश सेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीहरुमा वितरण हुने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स