मनाङमा जडीबुटीबाट साढे १२ लाख रुपैयाँ राजस्व संकलन

लमजुङ । हिमाली जिल्ला मनाङमा जडीबुटी बिक्रीबाट १२ लाख ४० हजार रुपैयाँ राजस्व संकलन भएको छ । आर्थिक वर्ष ०७७/७८ मा एक हजार ८४ किलो जडीबुटी बिक्रीबाट उक्त रकम संकलन भएको हो ।

आर्थिक वर्ष ०७६/७७ को तुलनामा शून्य दशमलव ६३ प्रतिशतले यस आर्थिक वर्षमा कम राजस्व संकलन भएको अन्नपुर्ण संरक्षण क्षेत्र एक्याप प्रमुख लेखनाथ गौतमले बताए । जिल्लाको मुख्य आयस्रोतको रूपमा रहेको उच्च हिमाली घाँसे मैदानमा पाइने यार्चागुम्बा, गुच्ची च्याउ, वन लसुनलगायत बिक्रीबाट राजस्व संकलन हुँदै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स