काठमाडौं । निरन्तर ओरालो लागेको सेयर बजारमा हरियाली छाएको छ ।
आइतबार, नेप्से परिसूचक १४.३५ अंकले बढेर १८५८.४९ अंक विन्दुमा आइपुगेको छ ।
आज १५ लाख ३८ हजारको कित्ता सेयर ५१ करोड ६८ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, उपसमूहतर्फ होटल एण्ड टुरिजम र म्यूचल फण्ड बाहेक सबै कम्पनीहरुमा हरियाली देखिएको छ ।
आज १३५ वटा कम्पनीको सेयर मूल्य बढ्दा ३९ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, रुरु जलविद्युत र सयपत्री हाइड्रोपावरमा १० प्रतिशतको सकरात्मक सर्किट लागेको छ ।
आज एभरेष्ट बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ५ करोड १६ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
त्यसैगरि, नबिल बैंकको ३ करोड ३८ लाख, नेपाल बैंकको ३ करोड २० लाख, एनआइसी एशिया बैंकको प्रोमोटर सेयरको २ करोड २९ लाख र गरिमा विकास बैंकको १ करोड ५१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।