काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को आम्दानीबाट १५.७८९ प्रतिशत लाभांश दिने निर्णय गरेको थियो ।
लाभांश वितरण गर्न बैंकले मंसिर ८ गते २२ औं वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको कार्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश पारित गर्नका साथै साधारणसभा बोलाउने निर्णय गरेको हो ।
कम्पनीले लाभांश वितरण तथा वार्षिक साधारणभामा भाग लिनको लागि आगामी कार्तिक १८ गते एक एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । सो आधारमा आगामी कार्तिक १७ गतेसम्म कायम रहेका सेयरधनीहरुले मात्रै लाभांश लिन तथा साधारणसभामा भाग लिन पाउनेछन् ।