सानिमा बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । सानिमा बैंकले लाभांश घोषणा गरेको छ । शुक्रबार बसेको बैंकको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

जस अनुसार बैंकले हाल कायम चुक्ता पुंजीको १० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनको लागि ०.९८ प्रतिशत नगद लाभांश गरि कुल १०.९८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल बैंकको चुक्ता पुँजी ११ अर्ब ३२ करोड रहेको छ । बैंकले १० प्रतिशतले हुन आउने १ अर्ब १३ करोड २७ लाख बराबरको बोनस सेयर र कर प्रयोजनको लागि ०.९८ प्रतिशतले हुन आउने ११ करोड १० लाख ८ हजार रुपैयाँ बराबरको नगद लाभांश गर्ने प्रस्ताव गरेको हो । बैंकले कुल १ अर्ब २४ करोड ३७ लाख ४६ हजार रुपैयाँ बराबरको लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा वितरण हुने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स