१ महिनामा ६१ अर्बले बढ्यो निक्षेप, नबिलले अग्रता लिँदा एनआईसी किन खस्कियो (सूचीसहित)

१ महिनामा ६१ अर्बले बढ्यो निक्षेप, निक्षेप संकलनमा नबिल अगाडि, किन घट्यो एनआईसी एशियाको निक्षेप ?
काठमाडौं । असोज लागेपछि वाणिज्य बैंकहरूको ६१ अर्ब ६४ करोड रुपैयाँले निक्षेप बढेको छ । बैंकर्स संघको तथ्यांकअनुसार असोज महिनामा मात्रै बैंकह’को निक्षेप साढे ६१ अर्बभन्दा बढी रुपैयाँ निक्षेप थपिएको हो ।

चालु आर्थिक वर्षको असोज महिनामा ५ वटा बैंककोमात्रै निक्षेप घटेको छ अन्य सबै बैंकको निक्षेप बढेको छ । असोज महिनामा एभरेष्ट, कुमारी, एनआईसी एशिया, एनएमबि र सनराइज बैंकको निक्षेप घटेको छ भने २१ बैंकको निक्षेप बढेको छ ।

असोज महिनामा सबैभन्दा बढी निक्षेप नबिल बैंकले थपेको छ । नबिल बैंकले असोज महिनामामात्रै ७ अर्ब ९७ करोड रुपैयाँले निक्षेप थपेको संघले आज प्रकाशित गरेको तथ्यांकमा उल्लेख गरिएको छ । असारमसान्तयता नबिल बैंकमा १० अर्ब ७६ करोड रुपैयाँले निक्षेप थपिएको हो ।

यो अवधिमा बैंकले निक्षेप संकलन गर्न विभिन्न स्कीम ल्याउनुका साथै १८ वर्ष मुनिका बालबालिकालाई लक्षित गरी नबिल अल्फा जेन नामक डिजिटल खाता ल्याएको छ । योसँगै नबिल बैंकको कुल निक्षेप संकलन ३ खर्ब ३९ अर्ब ३३ करोड रपैयाँ पुगेको छ ।

नबिल पछि बढी निक्षेप बढाउने बैंकमा इन्भेष्टमेन्ट बैंक रहेको छ । उक्त बैंकले असोज महिनामात्रै ७ अर्ब २० करोड रुपैयाँले निक्षेप बढाएको छ । असारमसान्तको तुलनामा बैंकको निक्षेप ७ अर्ब ३६ करोड रुपैयाँले बढेको छ । हाल नेपाल इन्भेष्टमेन्ट बैंकको कुल निक्षेप १ खर्ब ९३ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ ।

बढी निक्षेप संकलन गर्ने बैंकको तेस्रो सूचीमा परेको ग्लोबल आइएमई बैंकले असोज महिनामा ६ अर्ब २८ करोड रुपैयाँ निक्षेप थपेको छ । । यो आर्थिक वर्षमा भने बैंकले जम्मा २ अर्ब ६९ करोड रुपैयाँमात्रै निक्षेप थपेको छ । असारसमान्तसम्म बैंकको निक्षेप २ खबै ८६ अबै ५६ करोड रुपैयाँ थियो भने असोज महिनामा बैंकको निक्षेप बढेर २ खर्ब ८९ अर्ब २५ करोड रुपैयाँ पुगेको छ ।

प्रभु बैंकको निक्षेप असोज महिनामा ५ अर्ब ३ करोड रुपैयाँले थपिएको छ । असोज महिनामा बैंकको निक्षेप बढेपनि समग्रमा यो आर्थिक वर्षमा प्रभु बैंकले ८ अर्ब ३१ करोड रुपैयाँले निक्षेप घटेको छ । हाल बैंकको कुल निक्षेप १ खर्ब ७३ अर्ब ८३ करोड रुपैयाँ रहेको छ ।

असोज महिनमा सनराइज बैंकको निक्षेप सबैभन्दा धेरै घटेको छ । बैंकको निक्षेप साउन महिनामात्रै २ अर्ब ८६ करोड रुपैयाँले घटेको छ । असारमसान्तयता बैंकको निक्षेप ६ अर्ब ४१ करोड रुपैयाँले घटेको थियो । असारमसान्तमा १ खर्ब ३४ अर्ब ७९ करोड रहेको सनराइज बैंकको निक्षेप असोजमा आइपुग्दा घटेर १ खर्ब २८ अर्ब ३८ करोडमा सीमित भएको छ ।
असोज महिनामा एनएमबि बैंकको निक्षेप १ खर्ब ६५ अर्ब रुपैयाँले घटेर १ खर्ब ८२ अर्ब २० करोड रुपैयाँमा सीमित भएको छ । असारमसान्तयता बैंकको निक्षेप ४ अर्ब २० करोड रुपैयाँले घटेको छ ।

एनआईसी एशिया बैंकको निक्षेप पनि असोज महिनामा घटको छ । असोज महिनमा एनआईसी एशिया बैंकको निक्षेप ७४ करोड रुपैयाँले घटेको हो । यद्यपि असारमसान्तयता बैंकले १३ अर्ब २० करोड रुपैयाँ निक्षेप बढाएको छ ।

कुमारी बैंकको निक्षेप पनि ७३ करोड रुपैयाँले घटेको छ । बैंकको निक्षेप चालु आर्थिक वर्ष लागेपछि ५ अर्ब ३९ करोड रुपैयाँले घटेको हो । असारमसान्तसम्म बैंकको निक्षेप १ खर्ब ८२ अर्ब ९६ करोड रुपैयाँ थियो । असोजमसान्तमा आउँदा बैंकको निक्षेप १ खर्ब ७७ अर्ब ४७ करोड रुपैयाँमा सीमित भएको छ ।
असोज महिनामा एभरेष्ट बैंकको निक्षेपजम्मा १५ करोड रुपैयाँलेमात्रै घटेको छ । चालु आर्थिक वर्षमा बैंकको निक्षेप १ अर्ब २ करोड रुपैयाँले बढेको छ ।

समग्रमा हेर्ने हो भने असोज मसान्तसम्म कुल निक्षेप ४५ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ । असारमसान्तसम्म वाणिज्य बैंकहरूले ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । असोज महिना आइपुग्दा बैंकहरूको निक्षेप ५ अर्ब ७१ करोड रुपैयाँलेमात्रै बढेको छ । साउन महिनामा करोडमा वृद्धि भएको बैंकहरूको निक्षेप भदौमा बढेर ४५ खर्ब ४७ अर्ब १५ करोड रुपैयाँ पुगेको थियो । भदौ पनि असोजमा अझ बढेको हो ।

बैंकहरूको निक्षेप बढ्नुमा दसैंमा भएको खर्च र वैदेशिक रोजगारीमा गएकाले चाडपर्व मनाउन घरपरिवारलाई पठाएको रेमिट्यान्स नै भएको बैकर्स संघले बताएको छ ।

कुन बैंकले कति गरे निक्षेप संकलन

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स