नबिल इन्भेष्टमेन्टले कात्तिक २३ गतेदेखि खुलामुखी म्युचुअल फण्ड ‘नबिल फ्लेक्सी क्याप’ निष्काशन गर्ने

काठमाडौं । नबिल इन्भेष्टमेन्टले आफ्नो खुलामुखी म्युचुफल फण्डको इकाई कार्तिक २३ गतेदेखि बिक्री गर्ने भएको छ । कम्पनीले नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने नबिल फ्लेक्सी क्याप फण्ड निष्काशन गर्ने भएको हो ।

नबिल फ्लेक्सी क्याप फण्डको आकार ७५ करोडको रहेको छ। नबिल फ्लेक्सी क्याप फण्डले ७५ करोड रुपैयाँ बराबरको ७ करोड ५० लाख इकाई निष्काशन गर्न लागेको हो । जस मध्ये सर्वसाधारणलाई ६ करोड ३५ लाख ५० हजार इकाई छुट्याईएको छ ।

बाँकी रहेको इकाईहरु कोष प्रवर्दक नबिल बैंक र योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्टलाई छुट्याईएको छ । सर्बसाधारणलाई छुट्याईएको ६ करोड ३५ लाख ५० हजार मध्ये मध्ये पहिलो चरणमा ५ करोड इकाई मात्र निष्काशन गर्न लागिएको हो ।

यस निष्काशनमा न्युनतम १०० कित्ता र अधिकतम ७५ लाख कित्ताको लागि आवेदन दिन सकिने छ । यस निष्काशनमा छिटोमा कार्तिक २७ गतेसम्म र सो अवधिसम्म पूर्ण आवेदन नपरेमा ढिलोमा मङ्सिर ७ गतेसम्म आवेदन दिन सकिने छ ।

उक्त फण्डमा धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । यो फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमन्ट बैंकिङ लिमिटेड रहेको छ ।

नेपाल धितोपत्र बोर्डले भदौ २७ गते फण्डलाई अनुमति प्रदान गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स