काठमाडौं । बैंकहरूले कर्जाको ब्याज दोब्बर बनाएपछि उद्योगी, व्यवसायीहरूले बैंक बहिस्कार अभियान सुरु गरेका छन् । गत आर्थिक वर्षसम्म करिब १०÷११ प्रतिशत रहेको बैंकको ब्याज अहिले बढेर १८ प्रतिशतभन्दा माथि पुगेको छ ।
कर्णाली र लुम्बिनी प्रदेशका केही जिल्लाबाट शुरु भएको सो आन्दोलनको माग समयमै पुरा नभए सबै व्यापारी तथा व्यवसायीहरूले बैंक खाता बन्द गर्ने, बैंक कारोबार बन्द गर्ने जस्ता कार्य गरी बैंक बहिस्कार अभियान देशव्यापी रुपमै चलाउने उनले बताए ।
बैंकको ब्याज अचाक्ली बढेपछि उद्यमी व्यवसायी तथा व्यापारीले बैंक बहिस्कार अभियान सुरु गरेका छन् । बैंक तथा वित्तीय संस्थाले अस्वाभिक रुपमा ब्याजदर बढाएपछि विभिन्न जिल्लाका उद्योगी व्यवसायी तथा व्यापारीहरूले बैंक बहिस्कार अभियान शुरु गरेका हुन् ।
कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका उद्योगी व्यवसायीहरूले गत सातादेखि नै बैंकले अस्वाभिक रुपमा ब्याजदर बढाएको भन्दै आन्दोलन गरेका थिए । बैंकले तरलता अभावको बाहनामा कर्जाको ब्याजदर दोब्बरले बढाएको भन्दै अहिले सुर्खेत, नेपालगञ्ज, धनगडी, कैलाली लगायत जिल्लाहरुमा सोको विरुद्धमा आन्दोलन भइरहेको छ ।
कोभिड समाप्त नहुँदै तरलता सहज भएको अवस्थामा बैंकले घर–घरमै आएर सस्तो ब्याजदरमा कर्जा लिन बोलाएको तर अहिले तरलता अभावको बहानामा ब्याजदर दोब्बर बनाएको बैंक विरुद्ध संघर्ष समितिका संयोजक पदमराज चौलागाँईले गुनासो गरे ।
प्रशस्त पैसा हुँदा ८ प्रतिशमा कर्जा लिनुपर्यो भन्दै घर–घरमै आएका बैंकले अहिले १ वर्ष नबित्तै तरलता अभावको बहानामा १५÷१६ प्रतिशत ब्याजदर पुगेको म्यासेज गरिरहेका छन । अहिले कर्णाली र लुम्बिनी प्रदेशका केही जिल्लामा बैंकले अचाक्ली ब्याज बढाएपछि आन्दोलन शुरु गरेको हो ।
बैंकहरुले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक सकिँदासम्म बैंकको आधार दर (बेसरेट) वृद्धि गरेर पुनः ब्याजदर बढाइसकेका छन् । असोज महिाना अगावै १५/१६ प्रतिशत पुगेको कर्जा ब्याजदर १८ प्रतिशतसम्म पुगेको हुँदा सो ब्याजदर तिर्ने नसक्दा व्यापारीहरू आत्माहत्या गर्नुपर्ने अवस्थामा पुगेको उनीहरूको गुनासो छ ।
केहि समय अघि काठमाडौं रञ्जना कम्पेक्सका एक व्यापारीले यसरी नै बैंकको ब्याज तिर्न नसक्दा आत्महत्या गरेका थिए ।