काठमाडौं । अमेरिकी डलरको भाउले देनिक नयाँ उचाइ कायम गरिरहेको छ। बिहीबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनीमयदर अनुसार १ डलरको खरीददर १३२.५४ रुपैयाँ कायम भएको छ। डलरको बिक्रीदर १३३.१४ रुपैयाँ कायम भएको छ । यो हालसम्म कै उच्च भएको पहिलो पटक हो ।
त्यस्तै, १ युरोपियन युुरो डलरको नेपाली बजारमा १२९.६५ रुपैयाँ मा खरिद भईरहेको छ भने १३०.२४ रुपैयाँमा बिक्री भईरहेको छ । युके पाउन्डलाई १४९.१९ रुपैयाँमा खरिद र १४९.८६ रुपैयाँमा बिक्रि भईरहेको छ ।
डलर महंगीएसँगै नेपाली रुपैयाँ कमजोर बन्दै गएको छ।
पछिल्लो समय डलरको तुलनामा भारतीय रुपैयाँ पनि निरन्तर कमजोर बन्दै गएको छ । भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ ।
आयातमुखी अर्थतन्त्र भएकाले डलरको भाउ बढ्दा नेपाललाई समग्रमा घाटा बढी पर्छ । निर्यात महँगो पर्छ भने वैदेशिक ऋणको लागत पनि बढ्छ । तर विदेशबाट रेमिटेन्स पठाउनेलाई भने फाइदा हुन्छ ।