प्राइम लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कात्तिक २ गते बसेको कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पूंजी २ अर्ब ७७ करोड ९६ लाख १५ हजार को १३ प्रतिशतले हुन आउने ३६ करोड १३ लाख ५० हजार २५ रुपैयाँ बराबरको बोनस सेयर र बोनस सेयरको कर प्रयोजनका लागि १ करोड ९० लाख १८ हजार ४ सय २२ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो ।

उक्त लाभांश बीमा समितिबाट स्वीकृति प्राप्त भएपश्चात् कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स