आरएसडिसी लघुवित्त १०० प्रतिशतभन्दा बढीले बढ्यो, ईपीएस कति ?

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । लघुवित्तले यस वर्ष नाफामा शतप्रतिशत नाफा गरेको छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले ३ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको यस्तो नाफा १ करोड ८९ लाख रुपैयाँ मात्र थियो। यस अनुसार गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा यस आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको नाफा १०१.९८ प्रतिशत बृद्धि भएको हो ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा शतप्रतिशतभन्दा बढी बढेसँगै लघुवित्तको खुद नाफा पनि सोही अनुसार बढेको छ । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ११९.३३ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ११४.९७ प्रतिशत बढेको छ । इम्पेरिमेन्ट चार्जमा १ करोड ६७ लाख रुपैयाँ राखेको यस लघुवित्तको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा ११२.९८ प्रतिशत बढेको छ ।

लघुवित्तको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि उल्लेख्य बढेको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनासम्ममा १० रुपैयाँ ३४ पैसा रहेको लघुवित्तको यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ८ रुपैयाँ ६५ पैसा बढेर १८ रुपैयाँ ९९ पैसा पुगेको छ । सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात २५.५९ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ९६ पैसा रहेको छ ।

१० प्रतिशत बोनस सेयर वितरण गरी चुक्ता पुँजी ८० करोड ५१ लाख रुपैयाँ पुर्याएको यस लघुवित्तको जगेडा कोष पहिलो तीन महिनामा २९.६९ प्रतिशत बढेर २१ करोड ७० लाख रुपैयाँ पुगेको छ । यस तीन महिनामा लघुवित्तको सापटी ३९.९५ प्रतिशत बढेको छ भने कर्जा ३७.६६ प्रतिशत बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स