प्रतिफल दिनेमा बैंक, बीमाभन्दा म्युचुअल फण्ड अगाडि, कस्को लाभांश कति ?

काठमाडौं । अहिलेसम्म २४ वटा म्युचुअल फण्डले लाभांश घोषणा गरेका छन् । अहिलेसम्म लाभांश घोषणा गरेका म्युचुअल फण्डमध्य सबैभन्दा बढी लाभांश एनआईसी एसिया क्यापिटलले दिने भएको छ । क्यापिटलले गत आर्थिक वर्षको मुनाफाबाट ५५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

सिद्धार्थ क्यापिटलले २५, सनराइज क्यापिटल २५, सानिमा इक्विटी फण्डले इकाईधनीलाई २२ प्रतिशत, एनएमबी क्यापिटल २१.०५, एनएमबि हाईब्रिड फण्ड एल–१ ले २१.०५ प्रतिशत, एनएमबि–५० ले २१.०५, एनआईबीएल एस क्यापिटल २० लाभांश दिने घोषणा गरेका छन् ।
\

त्यसरी नै सानिमा क्यापिटलले १५.७८ प्रतिशत, एनआईसी एशिया ग्रोथ फण्ड १३ र एनआईसी एशिया ब्यालेन्स फण्डले १३ प्रतिशत लाभांश दिने भएका छन् । सनराइज क्यापिटल फण्ड अन्तर्गतको सनराइज फस्ट म्युचुअल फण्डले इकाईधनीलाई १२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । फण्डले आर्थिक वर्ष २०७८/२०७९ को मुनाफाबाट करसहित १२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

यस्तै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले १० प्रतिशत, सिद्धार्थ इक्विटी फण्डले ९ प्रतिशत, आरबीबी मर्चेन्ट बैंकिङ ७.५, सिद्धार्थ सहभागीता फण्ड ७.२, एनआईबीएल सहभागिता फण्डले ७.२ प्रतिशत, एनआईसी एशिया नाइनामिक डेफ्त फण्ड ६, बिओके क्यापिटल मार्केट ५.७९, नबिल इक्विटी ५, नबिल ब्यालेन्स फण्ड–२ ले ७ प्रतिशत लाभांश घोषणा गरेको छ । लक्ष्मी इक्विटी फण्डले ५ प्रतिशत, लक्ष्मी उन्नति कोषले ५ प्रतिशत लाभांश दिने भएको छ । कुमारी क्यापिटलले ५ प्रतिशत र एनआईबीएल प्रगति फण्डले ४.२ प्रतिशत लाभांश दिने भएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स