वीरगंजका अकलेश बने ‘सेन्साईको ३ को झट्का’ योजनाको पहिलो बिजेता

काठमाडौं । जापानमा ईन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साईको दशैं तिहार लक्षित ‘सेन्साई ३ को झट्का’ योजना अन्तर्गतको पहिलो लक्की ड्रको बिजेता वीरगंज निवासी अकलेश कुमार पटेल भएका छन्। पहिलो लक्की ड्रको बिजेता सेन्साई ब्रान्डको आधिकारिक फेसबुक पेज मार्फत लाइभ घोषणा गरिएको हो ।

बिजेता पटेलले एप्पल आइप्याड १०.२ जितेका छन् । उनले वीरगंजको आर.के ईलेक्ट्रोनिक्स् मार्फत सेन्साईको चेस्ट(फ्रीज़र खरिद गरेका थिए।

सेन्साई ब्राण्डका कुनै पनि सामानको खरिदमा लक्की ड्र मार्फत बम्पर उपहारमा ‘आर १५ भिथ्री बाईक’ र एप्पल आइफोन १३ का साथै एप्पल आइप्याड १०.२ जित्न सकिने छ। योजनामा लक्की ड्र मार्फत अझै पनि थुप्रै भाग्यशाली बिजेताहरु घोषणा गर्न बाँकी नै रहेको कम्पनीले जनाएको छ ।

यो योजनाको लक्की ड्रमा सहभागी हुन ग्राहकले सेन्साईका कुनै पनि सामानको खरिदपश्चात अङ्ग्रेजीमा सेन्साई टाईप गरि आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको वारेण्टी कार्ड नम्बर लेखि ३१००३ मा एस्एमएस् गर्नुपर्नेछ। यो योजना अब केही दिनको लागि मात्र बाँकी रहेको कम्पनीले जनाएको छ ।

सेन्साईले आफ्नो विभिन्न सामानहरुमा विभिन्न किसिमका वारेण्टीहरुका साथै फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो र शुन्य प्रतिशतमा फाइनान्स सुबिधा पनि प्रदान गरेको छ। नेपाल अधिराज्यभर सेन्साई ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ ।

सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो बिक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गर्दै आएको छ। कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, किर्तिपुर, रबिभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार, बसुन्धारा, जोरपाटी र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स