सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५.९ म्याग्‍निच्यूडको भूकम्प

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ ।

आज (बुधबार) दिउँसो ३ बजेर ७ मिनेटको समयमा ५.९  म्याग्‍निच्यूडको भूकम्प गएको हो ।

सो भूकम्प सिन्धुपाल्चोक नजिक नेपाल चीन सीमा क्षेत्र केन्द्रबिन्दु भएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको झड्का सिन्धुपाल्चोकसहित राजधानी र आसपासका जिल्लामा महसुश भएको छ ।

भूकम्पको क्षतिबारे हालसम्म कुने जानकारी प्राप्त भएको छैन ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स