काठमाडौं । बजारमा सुनको हाहाकार भएको छ । बजारमा सुनको आपूर्पि व्यवस्था राम्रो र सहज नहुँदा व्यापारीहरू अडर लिन नसक्ने अवस्थमा पुगेको नेपाल सुनचाँदी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बताए ।
हाल बजारमा दैनिक ३५ किलो सुनको माग छ,’ उनले भने ‘कोटा प्रणालीबाट १० किलोमात्रै सुन आउँछ ।’ सो कारणले बजारमा रेगुलर ग्राहकलाई समेत सुन दिन सकिएको छैन । अडर लिएर फेरि सुन तथा गहना थप्न सक्ने अवस्था भएको भए लिन हुन्थ्यो । एक सातामा ५ तोला सुन पनि एउटा व्यापारीलाई पर्दैन । त्यसैले हामी अहिले अडर लिन सक्ने अवस्थामा छैनौं ।’
‘गणतन्त्रले देशमा समृद्धि ल्याउने अपेक्षा गरिएको थियो,’ उनले थपे ‘ अहिले त झनै दिनदिनै आर्थिक संकट चुलिदै छ । यसले ब्याक मार्केटलाई यसले अझ प्रोत्साहन गर्छ ।’
दसैअघिदेखि बजारमा देखिएको सुन अभाव तिहार नजिकिँदा अझ समस्या चुलिएको उनले बताए । बजारमा देखिएको यहि समस्या सरकार समक्ष राख्नको लागि अध्यक्ष शाक्यको टिम उद्योग वाणिज्य तथा आपूर्ति विभाग पुगेको छ । महासंघको टोलीले विभागका महानिर्देशक महेश भट्टराईलाई भेट गरेर सुन बजारमा देखिएको समस्याको विषयमा अवगत गराउने छ ।
बजारको यथार्थ वस्तु अवस्था महानिर्देशक समक्ष राखेर दैनिक २५ किलो सुन आयातको लागि पहल गर्न आग्रह गछौं । नभएपनि २० किलो सुन आपूर्ति हुन सकेन भने बजार ब्याक मार्केटमा धकेलिने उहाँलाई जानकारी गराउँछौं । दसैं अघि भेट्दा दसैंपछि बढाइदिने छलफल भएको थियो । तर, बजारमा चरम सुन अभाव हुँदा समेत कुनै सुनुवाइ नभएपछि महासंघ टोली विभाग पुगेको हो ।
‘अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नरलाई पनि यस विषयमा भेटेर छलफल गर्छौ,’ अध्यक्ष शाक्यले भने ‘उहाँहरू विदेशमा हुनुभएकोले फर्केर आएपछि भेटेर अहिलेको समस्या राख्ने छौं ।’ बजार ब्याक मार्केटतर्फ धकेलिँदै गएको अवगत गराउने समेत उनले जानकारी दिए ।