काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य १ सय रूपैयाँले बढेको छ ।
सोमबार, छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय रुपैयाँ कायम भएकोमा आज १ सय रूपैयाँले बढेर ९३ हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला ११ सय ६० रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले बढेर ११ सय ८० रूपैयाँ कायम भएको छ ।