समावेशी आर्थिक विकास समाजवादको आधार हुनसक्छ : बुद्धिजीवी

काठमाडौं । समावेशी आर्थिक विकास समाजवादको आधार हुने बुद्धिजीवीहरुले बताएका छन् । नेपाल बुद्धिजीवी परिषद्को नेपाल तालिम तथा अनुसन्धान प्रतिष्ठान र प्रवासी नेपाली मञ्चले राजधानीमा आयोजना गरेको समावेशी आर्थिक विकासका लागि नेपालका चुनौतिहरु विषयक अन्तरक्रियात्मक कार्यक्रममा बोल्ने बुद्धिजीवीहरुले उक्त कुरा बताएका हुन् ।

कार्यक्रमलाई सम्वोधन गर्दै नेकपा एमालेका उमहासचिव विष्णु रिमालले समृद्ध नेपाल, सुखी नेपाली नेकपा एमालेको गनतव्य भएको बताए । मुलुक समृद्ध हुँदा मात्रै समाजवादमा जान सकिने बताउँदै उमहासचिव रिमालले एमाले समावेशी आर्थिक विकासको पक्षमा रहेको बनाए । आर्थिक वृद्धिका संवाहकका रुपमा रहेका कृषि र वन, उद्योग, प्रयटन, उर्जा, यातायात तथा सुचना प्रविधि तथा भौतिक पूर्वाधारको तिव्र विकास नेकपा एमालेको प्राथामिकतामा रहेको वताउँदै रिमालले आसन्न निर्वाचनको घोषणापत्रमा पनि यही विषयलाई समावेश गरिने बताए ।

कार्यक्रममा सम्वोधन गर्ने क्रममा रिमालले भने, ‘हामी सरकारमा हुँदा २१ प्रतिशत रहेको गरिवीलाई ३ प्रतिशत घटाएर १८ प्रतिशतमा झार्यौ । प्रधानमन्त्री रोजगार कार्यक्रम, वेरोजगार भत्ता, न्यूनतम ज्यालामा गरिएको वृद्धि, मुल्यवृद्धि नियन्त्रण गर्ने जस्ता कामले गरिवी निवारणमा सहयोग पुग्यो । मनमोहन अधिकारी नेतृत्वको सरकारले ९ सका लोक कल्याणकारी कार्यक्रम मार्फत मुलकलाई पोलिसी डिर्पाचर गर्यो । पहिलो पटकको केपी ओली नेतृत्वको सरकारले समान सार्वभौमको अवधारणा, नाकावन्दीको सामना, चिनसँग पारवहन सम्झौता गर्दै नागरिकका मुर्छित सपनालाई जगाउने काम गर्यो । यसैगरी केपी ओलीको दोस्रो कार्यकालमा मुर्छित सपनालाई कार्यान्वयन गर्ने काम गरिएको छ । नेकपा एमालेले शिक्षा र स्वस्थ्य, रोजगारी र स्वरोजगार, सामाजिक सुरक्षाका कार्यक्रमलाई चुनावी घोषणापत्रमा महत्वका साथ राख्नेछ । हामीले तयार गरेको मार्गचित्र अनुसार मुलुक अगाडि वढाउन पायौ भने अगामि ५ वर्षमा प्रतिव्यक्ति आय २४ सय डलर र १० वर्षमा ५ हजारको हाराहारीमा पुर्याउन सक्छौ ।’

कार्यक्रममा बोल्दै नेपाल वुद्धिजीवी परिषद्का अध्यक्ष तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले नेपालको विशिष्ठताका आधारमा समाजवादको मोडल तयार गरिनुपर्ने बताए । समावेशी आर्थिक विकासका मध्यमबाट उच्च आर्थिक वृद्धि गर्ने कामले समाजवाद निर्माणलाई योगदान पुग्ने बताउँदै डा. देवकोटाले ग्रिन इकोनमीलाई पनि प्राथामिकता दिनुपर्ने बताए ।

आसन्न निर्वाचनमा नेकपा एमालेको पक्षमा माहौला सृजना गर्न बुद्धिजीवी परिषद्ले केन्द्रमा ५ सय १ सदस्यीय निर्वाचन परिचालन सहयोग समिति गठन गरि प्रदेश र जिल्लामा पनि गठन गर्न निर्देशन गरिएको जानकारी गराउँदै अध्यक्ष देवकोटाले पार्टीको चुनावी घोषणापत्र निर्माणमा बुद्धिजीवी परिषद्ले संघ, प्रदेश र निर्वाचन क्षेत्रमा काम गरिरहेको समेत जानकारी दिए ।

यसैगरी योजना आयोगका पूर्व उपाध्यक्ष डा. पुष्प कँडेलले मिश्रित अर्थ व्यवस्था र लोक कल्याणकारी राज्य मार्फत समाजवादको आधार निर्माण गर्ने एमालेको कार्यदिशा भएको बताए । शिक्षा, स्वस्थ्य र मानवीय विकासलाई प्राथामिकता दिनुपर्ने वताउँदै डा.कँडेलले राजनीतिक अस्थिरताले समावेशी आर्थिक विकासमा वाधा पुर्याएको बताए ।

कार्यक्रममा मिनेसोटा विश्वविद्यालय अमेरिकाका सहप्रध्यापक डा. सतिस देवकोटाले नेपालको समावेशी आर्थिक विकासका चुनौति र समाधानको उपाय शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्र प्रस्तुत गर्दै देवकोटाले समावेशी आर्थिक विकासले गरिवी निवारण र असमानता कम गर्नका लागि योगदान गर्ने बताए ।

कार्यपत्रमाथि टिप्पणी गर्दै पूर्व सचिव डा. मानवहादुर विकेले नीति र समाजकावीचमा रहेको दुरीलाई कम गर्दै राज्य समाजका पछि परेका वर्गको संरक्षण गर्ने सिद्धान्तबाट अगाडि वढ्नुपर्ने बताए । यसै गरी अर्का टिप्पणीकार लक्ष्मी वस्यालले धनी र गरिव, विभिन्न जात जाती, भाषिक, भौगोलिक क्षेत्रमा रहेको असमानता सम्वोधन गरिनुपर्ने बताए ।

कार्यक्रम नेपाल बुद्धिजीवी परिषद्का उपाध्यक्ष तथा नेपाल तालिम तथा अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विधान आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सहभागीका तर्फबाट तारा कार्की, किरण विके, समीर नेपाल, प्रमिला सापकोटा, डा. तारानिधि भट्राई, बावुराम भारद्धाज, केशव अधिकारी, चित्र श्रेष्ठ, इन्दिरा पराजुली, आर सुवेदी, तेज सुनार, दिलमणी आदिले आआफ्ना विचार राखेका थिए भने उपमहासचिव सुशील विकेले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स