बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, डिजल प्रतिलिटर १५.६० रूपैयाँले वृद्वि

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । आइतबार भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो ।

नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १ रुपैयाँ ७४ पैसा र डिजल प्रतिलिटर १५ रूपैयाँ ६० पैसाले बढेर आएको छ ।

त्यस्तै, हवाइ इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ २५ पैसाका दरले बढेर आएको छ ।

नयाँ मूल्य अनुसार डिजलबाट हुने नोक्सानी बढेर प्रतिलिटर ६ रुपैयाँ ३४ पैसा पुगेको छ । एल.पी.ग्यासमा प्रति सिलिण्डर ३२५ रूपैयाँ ४४ पैसा घाटा भई पेट्रोल, हवाई इन्धन र मट्टितेलमा केही नाफा हुने निगमले जनाएको छ । यसबाट समग्रमा निगमलाई आगामी १५ दिनमा करीब ३९ करोड नाफा हुने प्रक्षेपण निगमको छ ।

आईओसीले हरेक १५/१५ दिनमा नयाँ मूल्यसूची पठाउने गरेको छ । सोही मूल्यको आधारमा निगमले उपभोक्ता मूल्य तोक्नेछ ।

हाल नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर १८१ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १७८ रुपैयाँ कायम रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स