कर्जाको ब्याज १८ प्रतिशत नाघ्ने गरी बैंकहरूले निकाले सूचना

काठमाडौं । बैंकहरूले कार्तिम महिनामा कर्जाको ब्याजदर ह्वात्तै बढाएका छन् । बैंकहरूले असोज महिनामा निक्षेपको ब्याजदर बढाएका कारण कार्तिकमा कर्जाको ब्याज बढाएका हुन् । कार्तिक महिनामा बैंकहरूले कर्जाको ब्याजदर बढाएर १८ प्रतिशतसम्म पुर्याएका छन् ।

आधार दरमा २/३ प्रतिशतसम्म प्रिमियम लिदै आएका बैंकहरूले पछिल्लो समय सो प्रिमियम बढाएर ७ प्रतिशतभन्दा माथि पुर्याएका छन् । वित्तीय बजारमा तरलताको अभाव भएपछि बैंकहरूले महँगोमा निक्षेप लिएरका कारण कर्जाको ब्याजदर माथि उक्लिएको हो । औसत २.६ प्रतिशतसम्म झरिसकेको स्प्रेड दर ४ प्रतिशत नाघिसकेको छ । यसले गर्दा पनि बैंकहरूलाई ब्याजदर बढाउन अझ थप टेवा मिलेको छ ।

भदौमा बैंकहरूले साधारण मुद्दतिमा ११.०३ प्रतिशत ब्याज दर कायम गरेका थिए । बचतको ब्याज दर ६.०३ देखि ८.०३ प्रतिशतसम्म थियो। असोजमा बैंकहरूले व्यक्तिगत मुद्दतिमा ब्याज दर बढाएर १२.१३ प्रतिशत पुर्याएका थिए।

बचतको ब्याजदर नै दोहोरो अंकमा पुगेपछि कर्जाको ब्याजदरको चार्ट माथि उक्लिएको हो । यहि लागत नबढोस् भन्नका लागि बैंकहरू कार्तिक महिनामा भने निक्षेपको ब्याजदर बढाएका छैनन् । बैंकहरूले असोजमा बढाएको निक्षेपको ब्याजको लागत कार्तिकमा ऋणमा सारेका हुन् ।

बैंकहरूले पहिलो त्रैमास सकिएसँगै पुराना ऋणीको समेत ब्याज कात्तिकबाट बढाएका हुन् । नयाँ ऋणीको ब्याज भने हरेक महिना बढिरहेकै छ । उद्यमी व्यवसायीले ब्याजदर घटाउन पटक पटक सरकार तथा राष्ट्र बैंकलाई आग्रह गरेपनि राष्ट्र बैंकले उद्यमी व्यवसायीको कुरा नसुनी आफ्नै ढंगबाट बैंकहरूलाई ब्याजदर बढाउन प्रोत्साहन गरिरहेको छ ।

यता अर्थमन्त्रीले ब्याजदरका सम्बन्धमा अध्ययन गर्न गठन गरेको अध्यय समितिले पनि ब्याजदर स्वतर्फूत रुपमा बजारलाई छोडिदिनु पर्ने निष्कर्ष सहित प्रतिवेदन अर्थमन्त्री जनार्दन शर्माले बुझाएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स