देशैभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द

काठमाडौं । सरकारले देशैभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गरेको छ ।

नागरिक उड्डयन प्राधिकरणले अर्को सूचना प्रकाशित नभएसम्म अनिश्चितकालको लागि प्याराग्लाइडिङमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

आइतबार पोखराको सराङकोटमा राष्ट्रिय खेलकुदका दौरान प्याराग्लाइडिङ दुर्घटना भएको छ । सो क्रममा एक जना खेलाडीको मृत्यु भएको छ । यससँगै प्राधिकरणले देशैभर प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय प्राधिकरणले गरेको हो ।

प्राधिकरणले अर्को व्यवस्था नभएसम्म देशभर मनोरञ्जनात्मक, व्यावसायिक र खेलकुदजन्य सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको हो ।

अब उडानको सुरक्षा, ऐन नियम र प्रावधानहरुबारे समेत प्राधिकरणले अध्ययन गर्ने भएको छ । सोहीकारण तत्कालका लागि सबै उडान बन्द गर्ने निर्णय भएको प्राधिकरणले जनाएको छ ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पोखरामा आज प्याराग्लाइडिङ दुर्घटना हुँदा खेलाडी निशिम थापामगरको निधन भएको हो ।

पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाली सेनाकोतर्फबाट सहभागी २६ वर्षीय निशिम पोखरा सराङकोटबाट उडान भरेका थिए।

प्रतियोगिताअन्तर्गत पुरुषतर्फको क्रस कन्ट्रीको खेल जारी रहेको थियो । ‘उडानलगत्तै उनको प्याराग्लाइडिङ ‘कोल्याप्स’ भयो’, एक प्रत्यक्षदर्शीले भने, ‘उनी सोझै पोखरा–१८ सराङकोटस्थित एक निर्माणाधीन भवनमा खस्न पुगे । जहाँ उनको दुःखद निधन भयो ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स