आउने भयो डेढ अर्ब चुक्ता पुँजीको ठूलो ब्रोकर कम्पनी

नेपालमा अब डेढ अर्ब चुक्ता पुँजी भएको धितोपत्र ब्यापारीको समेत कार्य गर्ने ब्रोकर खुल्ने निश्चित भएको छ । नबिल बैंकले आफ्नो सहायक कम्पनी मार्फत धितोपत्र ब्यापारीको कार्य गर्न बोर्डमा निवेदन दिएको छ ।

नविल बैंकको कम्पनी नविल सेक्युरिटिजले एक अर्ब ५० करोड चुक्ता पुँजी कायम गरी धितोपत्र ब्यापारीको लागि निवेदन दिएको हो । दुई वटा कम्पनीले ६० करोड रुर्पैयाँ चुक्ता पुँजी कायम गरी पूर्ण कार्य गर्ने सेयर दलालको रुपमा कार्य गर्ने गरी अनुमति पाउन निवेदन दिएका छन् । मेगा स्टक मार्केट र हिमालयन सेक्युरिटिजले पूर्ण कार्य गर्ने ब्रोकरको रुपमा आवेदन दिएका हुन् ।

बोर्डले तीन तहको ब्रोकर ब्यवस्थाका लागि आबेदन माग गरेको म्याद सकिन एक दिन बाँकी रहँदा २० वटा कम्पनीले निवेदन पेश गरेका छन् । बाणिज्य बैंक र बिकास बैंकका सहायक कम्पनी गरी अन्य १७ वटाले २० करोड चुक्ता पुँजी कायम गरी सिमित दायरामा काम गर्ने ब्रोकरको रुपमा आबेदन दिएका छन् ।

धितोपत्र बोर्डका सूचना अधिकारी तेजप्रसाद देवकोटाले ब्रोकर लाईसेन्सका लागि नेप्सेबाट सिफारिस लिने र बाँकी कम्पनीहरु अन्तिम दिनसम्म निवेदन लिएर आउनसक्ने भएकाले संख्या बढ्नसक्ने बताउनु भयो ।

उता नेपाल स्टक एक्सचेन्जबाट भने आईतबारसम्ममा ३९ वटा कम्पनीले नयाँ ब्रोकरका लागि सिफारिस लिएका छन् । ती मध्ये बाँकी कम्पनीले भोलि अन्तिम दिन नेपाल धितोपत्र बोर्डमा आवेदन दिने छन् ।

यी हुन धितोपत्र बोर्डमा आबेदन दिने कम्पनी

नबिल सेक्युरिटी : १५० करोड
मेगा स्टक मार्केट, हिमालयन ब्रोकरेजः ६० करोड

सेयर प्रो सेक्युरिटिज, केबीएल सेक्युरिटिज, इन्डेक्स सेक्युरिटी, सन् सेक्युरिटी, क्यापिटल म्याक्स सेक्युरिटी, स्टक कार्थ सेक्युरिटी, भोले गणेश सेक्युरिटी, एनएमबि सेक्युरिटी, सीबीआईएल सेक्युरिटिज, प्रोपर्टी वीजडलिमिटेड, नबिल सेक्युरिटी(धितोपत्र व्यापारी), आरबीबी सेक्युरिटी लिमिटेड, क्यापिटल हब प्रा.लि, आकाश भैरब सेक्युरिटी, एनआईसी एशिया सेक्युरिटी, एलिट स्टक हाउस, सानिमा सेक्युरिटी ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स