प्रतिबन्धित वस्तुको एलसी नखोल्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई प्रतिबन्धित वस्तुहरूको एलसी नखोल्न निर्देशन दिएको छ । राष्ट्र बैंकले राष्ट्र बैंकको बैंकिङ विभागलगायत सम्पूर्ण प्रदेशस्थित कार्यालयहरू, विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त वित्तीय संस्थालाई यस्तो निर्देशन दिएको हो ।

नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गर्दै केहि वस्तुको आयातमा लगाईएको प्रतिबन्धलाई निरन्तरता दिएकोले सोहि अनुसार गर्न गराउन राष्ट्र बैंकले निर्देशन दिएको हो ।

मोबाइल, गाडी, मोटरसाइकल र तयारी मदिराको आयात प्रतिबन्ध मंसिर मसान्तसम्म लम्बिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा आज शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले मोबाइल, गाडी, मोटरसाइकल र तयारी मदिराको आयात प्रतिबन्ध मंसिर मसान्तसम्म कायम राख्ने निर्णय गरेको हो ।

विदेशी मुद्राको सञ्चिती बढ्ने अपेक्षा अनुसार वैशाखदेखि आयात प्रतिबन्ध लगाइएको भएपनि विदेशी मुद्राको सञ्चितिमा अझै अपेक्षाकृत सुधार नदेखिएको भन्दै उद्योग मन्त्रालयले मंसिर मसान्तसम्म आयात प्रतिबन्ध कायम राख्न मन्त्रिपरिषदमा सिफारिस गरेको थियो ।

वैशाखदेखि तयारी मदिरा, ३ सय डलर माथिका स्मार्टफोन, जीप, कार र भ्यान, १५० सिसी माथिका मोटरसाइकलको आयात प्रतिबन्ध छ । पछिल्लो पटक थपिएको आयात प्रतिबन्धको अवधि आज असोज २८ गते सकिएपछि पुनः मंसिर मसान्तसम्म प्रतिबन्ध लम्बिएको हो ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/10/rastra-bank-5th-sansodhan.pdf”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स