नयाँ सेयर दलालका लागि एक दिन म्याद बाँकी रहँदा थपिए ७ कम्पनी

नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकर लाईसेन्सका लागि आबेदन खुला गरेपछि ३९ वटा कम्पनीले नेप्सेबाट सिफारिस लगेका छन् ।

नयाँ ब्रोकरका लागि नेप्सेको सिफारिस अनिबार्य भएकाले कम्पनीहरुले कम्पनी रजिष्ट्रारको कार्यालयबाट सेयर लगत र रकम जम्मा गरेको बैंक भौचरसहित धितोपत्र बोर्डमा निवेदन दिएका हुन् । नेप्सेका प्रबक्ता मुराहरि पराजुलीले आईतबार साँझसम्म ३९ वटा कम्पनीले सिफारिस लगेको पुष्टि गर्नुभयो ।

बोर्डले तोकेको ३० दिने म्याद सकिनु एक दिन अघि ३८ वटा कम्पनीले नेप्सेबाट सिफारिस लैजादा अन्तिम दिन असोज ३१ गते अरु कम्पनी थपिने संभावना बढेको छ । गत शुक्रबारसम्म ३२ वटा कम्पनीले सिफारिस लगेकोमा आईतबार ७ वटा कम्पनी थपिएका हुन् ।

स्रोतका अनुसार अधिकांश सिमित दायराको काम गर्ने गरी स्थापित २० करोड चुक्ता पूँजी भएका कम्पनी छन् ।

हाल ५० वटा ब्रोकर कम्पनी रहेकोमा अब झण्डै १०० हाराहारी पुग्ने संभावना बढेको छ । धितोपत्र बोर्डले तीन तहको ब्रोकरहरु रहने ब्यवस्था गरेपछि अहिलेका ब्रोकरहरुले पनि धमाधम पब्लिकमा रुपान्तरण भएर पूँजी बृद्धि गरिरहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स