बैंक अफ काठमाण्डूको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । बैंक अफ काठमाण्डूले लाभांश घोषणा गरेको छ ।

आज बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९का लागि लाभांश प्रस्ताव गरेको हो। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजीको कुल २०.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंकले चुक्तापुँजीको १४.९५ प्रतिशतले हुन आउने १ अर्ब ५८ करोड ८२ लाख ८७ हजार ११३.७६ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) र ६ प्रतिशत बोनससहितले हुन आउने २ अर्ब २२ करोड ५७ लाख २६ हजार ७५८.०८ रुपैयाँबराबरको बोनस सेयर कुल २०.९५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी २८ औं वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स