नेपाल ल्यूब आयलको ३१ औं वार्षिक साधारण सभा सम्पन्न, ३० प्रतिशत लाभांश पारित

काठमाडौं । नेपाल ल्यूब आयलको वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार कम्पनीले आफ्नो ३१ औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

सभाले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने ३० प्रतिशत लाभांश (२५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांस) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

नेपाल ल्युब आयलले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा नेपालमै गल्फ लुब्रिकेन्ट उत्पादन गर्नुका साथै बिक्री÷वितरण समेत गर्दछ । गल्फ अन्तर्राष्ट्रिय लुब्रिकेन्ट ब्राण्ड हो र यसको ब्राण्डिङ साझेदारीमा म्याकल्यारेन रेसिङ कार र चेन्नई सूपर किंग जस्ता आफ्ना क्षेत्रका प्रतिष्ठित र स्थापित नाम संग रहेको छ ।

त्यस्तै गल्फ लूब्रिकेन्टस् नेपालको समेत मूख्य रुपमा रुचाईएको प्रतिष्ठित र धेरै बजार क्षेत्र ओगटन सफल ब्राण्डको रुपमा चिनिन्छ । गल्फ ब्राण्डका उत्पादनहरुको विविधताले सबै अटोमोबाईल र मेशिनरीहरुलाई समेटन सक्ने गरि व्यापक क्षेत्रमा फैलन सफल रहेको छ ।

सभामा अध्यक्ष अरुण कुमार चौधरी तथा संचालक समिति, कम्पनी सचिव, लेखा परिक्षक, व्यवस्थापक समूह र अन्य सेयरधनीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स