काठमाडौं । नेपाल बुद्धिजीवी परिषद्ले अध्यक्ष डा.दिनेशचन्द्र देवकोटाको अध्यक्षतामा ५०१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन सहयोग कमिटी गठन गरेको छ । हालै बसेको पदाधिकारीको बैठकले केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यहरू, केन्द्रीय सल्लाहकारहरू, प्रतिष्ठान, अध्ययन केन्द र विभागका सदस्यहरू, प्रदेश कमिटीका अध्यक्षहरू एवम ्जिल्ला कमिटीका अध्यक्षहरू रहने गरी सो कमिटी गठन गरेको हो ।
यसैगरी प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र र पालिका कमिटीको पनि अविलम्ब बैठक बसी स्थानीय आवश्यकताका आधारमा निर्वाचन परिचालन तथा सहयोग समिति गठन गर्न सो बैठकले निर्देशन दिएको छ । निर्वाचन परिचालन तथा सहयोग समिति गठन गरेपछि आवश्यक योजना निर्माण गरी पार्टीको निर्वाचन परिचालन समितिसँग समन्वय गर्दै एकाकार भएर ने.बु.प.का सदस्यहरू परिचालित हुन र सम्पन्न व्रिmयाकलापको आवधिकरूपमा माथिल्लो निकायलाई प्रतिवेदन गर्न समेत बैठकले निर्देशन गरेको छ ।
आगामी निर्वाचनमा नेकपा एमालेका पक्षमा व्यापक जनलहर सृजना गर्न बुद्धिजीवीलाई परिचालन गर्दै एमालेका उमेद्वारहरूलाई विजयी गराउनबुद्धिजीवीको आह्वान, सूर्यमा मतदान शीर्षकमा अपिल प्रकाशन गर्ने, पार्टीले निकालेको घोषणापत्रलाई सरल र छोटकरी रूपमा प्रकाशन गर्ने र व्यापक वितरण गर्ने, पार्टीका उमेद्वारहरूलाई स्थानीय आवश्यकताका आधारमा प्रतिबद्धतापत्र तयारीका लागि सहयोग गर्ने, नेकपा एमालेका उमेद्वारलाई भोट दिन आह्वान गर्दै सञ्चारका अडियो र भिडियोलगायत सबै माध्यम मार्फत अपिल गरी सामाजिक सञ्जालमा व्यापक प्रचारप्रसार गर्ने, विपक्षी गठबन्धनले गरेका राष्ट्रिय हित विपरीतका काम र प्रवृत्तिको भन्डाफोर गर्ने एवम् पार्टीका नीति, कार्यव्रmम, राष्ट्रियता र विकास प्रतिको दूरगामी दृष्टिकोण तथा सरकारमा हुँदा गरेका उत्कृष्ट कामहरूको नियमित र प्रभावकारी रूपमा प्रचारप्रसार गर्न समेत परिषद्ले मातहतका सबै केन्द्र स्तरीय प्रतिष्ठान, केन्द्र, विभाग एवम् प्रदेश, जिल्ला तथा पालिकास्तरका कमिटीहरूलाई निर्देशन गरेको छ ।