शुक्रबार अमेरिकी डलरको भाउ हालसम्मकै महँगो, कति छ खरिद र बिक्रीदर ?

काठमाडौं । शुक्रबार अमेरिकी डलरको भाउ हालसम्मकै महँगो बनेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनीमयदर अनुसार १ डलरको खरीददर १३१.४६ रुपैयाँ कायम भएको छ। डलरको बिक्रीदर १३२.०६ रुपैयाँ कायम भएको छ । यो हालसम्म कै उच्च भएको पहिलो पटक हो ।

त्यस्तै, १ युरोपियन युुरो डलरको नेपाली बजारमा १२७.७७ रुपैयाँ मा खरिद भईरहेको छ भने १२८.३५ रुपैयाँमा बिक्री भईरहेको छ । युके पाउन्डलाई १४६.४५ रुपैयाँमा खरिद र १४७.१२ रुपैयाँमा बिक्रि भईरहेको छ ।

डलर महंगीएसँगै नेपाली रुपैयाँ कमजोर बन्दै गएको छ।

पछिल्लो समय डलरको तुलनामा भारतीय रुपैयाँ पनि निरन्तर कमजोर बन्दै गएको छ । भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ ।

आयातमुखी अर्थतन्त्र भएकाले डलरको भाउ बढ्दा नेपाललाई समग्रमा घाटा बढी पर्छ । निर्यात महँगो पर्छ भने वैदेशिक ऋणको लागत पनि बढ्छ । तर विदेशबाट रेमिटेन्स पठाउनेलाई भने फाइदा हुन्छ ।

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स