काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य १ सय रूपैयाँले घटेको छ ।
बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार २ सय रुपैयाँ कायम भएकोमा आज १ सय रूपैयाँले घटेर ९४ हजार १ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला ११ सय ९० रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर ११ सय ८५ रूपैयाँ कायम भएको छ ।