पशुपति क्षेत्रका पुस्तक र मन्दिरमा चढाइएका सामग्री बेच्न बिक्री कक्ष

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले प्रकाशन गरेका पुस्तक र मन्दिरमा चढाइएका सामग्री खरिद गर्न चाहनेका लागि बिक्री कक्षको व्यवस्था गरिएको छ ।

बडा दसैंका अवसरमा कोजाग्रत पूर्णिमादेखि यस्तो व्यवस्था गरिएको कोषका धर्म संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशंकर पराजुलीले जानकारी दिए। बिक्री कक्षमा कोषले दोस्रो संस्करणका रुपमा प्रकाशन गरेको शिवमहापुराणको नेपाली अनुवाद ग्रन्थलगायत पुस्तक राखेको छ । कोषले लिंग पुराण पनि नेपालीमा अनुवाद गरी प्रकाशनको अन्तिम तयारीमा लागेको जनाइएको छ ।

मन्दिरमा भक्तजनले चढाएका विभिन्न सामग्रीसमेत किन्न चाहनेले पशुपतिनाथको पश्चिम ढोकाअघिको बिक्री कक्षमा सम्पर्क गर्न सक्नेछन् । बिक्री कक्ष बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म खुल्ने कोषका सूचना अधिकारीसमेत रहेका पराजुलीले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स