‘द एभरेष्ट होटल’मा गरिमा विकास बैंकका ग्राहकलाई १५ प्रतिशतसम्म छुट

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा अवस्थित ५ तारे होटल ‘द एभरेष्ट होटल’ मा गरिमा विकास बैंकका ग्राहकलाई १५ प्रतिशसम्म छुट पाउने सम्झौता भएको छ ।

शुक्रबार बैंकले होटलसँग ग्राहकको लागि विभिन्न सेवा सुविधामा आर्कषक छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।

उक्त सम्झौता अनुसार गरिमा विकास बैंकका डेविट कार्ड र गरिमा स्मार्ट प्रयोग गरी बिल भुक्तानी गर्ने ग्राहकहरुले ‘द एभरेष्ट होटल’बाट फुड एण्ड वेभरेज र स्पा मेम्बरसीप प्याकेजमा १५ प्रतिशत सम्मको छुट पाउने बैंकले जारी गरेको विज्ञप्तिमा जनाईएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स