नेप्से ४ अंकले बढ्दा यी १० कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । सेयर बजारमा हरियाली छाउने क्रम जारी रहेको छ ।

बिहीबार, नेप्से परिसूचक ४.१५ अंकले बढेर १८७०.६३ अंक विन्दुमा आइपुगेको छ ।

आज २६ लाख ९८ हजारको कित्ता सेयर ८२ करोड ९६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ हाइड्रोपावर बाहेक सबै कम्पनीहरुमा हरियाली देखिएको छ ।

आज ९५ वटा कम्पनीको सेयर मूल्य बढ्दा ७९ वटा कम्पनीको घटेको छ भने ९ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, अभियान लघुवित्तको सेयरमा १० प्रतिशतको सर्किट लागेको छ ।

आज नबिल बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३ करोड ४० लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यसैगरि, नेपाल लाइफ इन्सोरेन्सको ३ करोड २७ लाख, शिवम् सिमेन्टसको २ करोड ९१ लाख, रिडी पावरको २ करोड ८३ लाख र हिमालयन डेष्टिलरीको २ करोड ८२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स