सेयर बजारमा छायो हरियाली, अभियान लघुवित्तमा लाग्यो सर्किट, नबिलसहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । ओरालो लागि रहेको सेयर बजारमा हरियाली छाएको छ ।

बुधबार, नेप्से परिसूचक ११.५१ अंकले बढेर १८६६.६७ अंक विन्दुमा आइपुगेको छ ।

आज २० लाख ८५ हजारको कित्ता सेयर ६९ करोड १७ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ ट्रेडिङ र म्यूचल फण्ड बाहेक सबै कम्पनीहरुमा हरियाली देखिएको छ ।

आज १४० वटा कम्पनीको सेयर मूल्य बढ्दा ३९ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, अभियान लघुवित्तको सेयरमा १० प्रतिशतको सर्किट लागेको छ ।

आज नबिल बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २ करोड ४० लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यसैगरि, रिडी पावरको २ करोड २ लाख, एनआइसी एसिया लघुवित्त प्रमोटर सेयरको १ करोड ८९ लाख, गोर्खाज फाइनान्सको १ करोड ८१ लाख र हिमालयन एभरेष्ट इन्सोरेन्सको १ करोड ६९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स