प्लास्टिक बोतल र जारमा बिक्री हुने प्रशोधित पानीको मूल्य तय, कति छ नयाँ मूल्य ?

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्लास्टिक बोतल र जारमा बिक्री हुने प्रशोधित पानीको अधिकतम खुद्रा मूल्य तोकेको छ। विभागले काठमाडौं उपत्यका भित्र र बाहिरको फरक मूल्य तोकेको छ ।

जसअनुसार काठमाडौं उपत्यकाभित्र बोतल प्रतिलिटर पानीको अधिकतम खुद्रा मूल्य १६ रुपैयाँ र २० लिटर जारको पानीको अधिकतम ४७ रुपैयाँ निर्धारण गरेको हो।

त्यस्तै, उपत्यकाबाहिर भने एक लिटर बोतलको पानीको अधिकतम खुद्रा २० रुपैयाँ र २० लिटर जारको पानीको अधिकतम खुद्रा मूल्य ६० रुपैयाँ निर्धारण गरिएको छ।

विभागले जारी गरेको मूल्यभन्दा बढीमा पानी बिक्री गरेको पाइएमा उपभोक्ता हित संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ अनुसार कारबाही गरिने विभागले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स