सानिमा माई हाइड्रोपावर कम्पनीले सेयरधनीलाई लाभांश वितरण गर्ने

काठमाडौं । सानिमा माई हाइड्रोपावर कम्पनीले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को वितरणयोग्य नाफामध्येबाट चुक्तापुँजीको १० प्रतिशतले हुने २८ करोड ८ लाख ४१ हजार रुपैयाँ बोनस र उक्त बोनसमा लाग्ने करका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त निर्णय पारित गर्नका लागि साधारण सभामा पेश गरिनेछ ।

कम्पनीका अनुसार असोज १७ गतेसम्म कारोबार भइ सेयर खरिद गरी आफ्नो नाममा सेयर नामसारी भइ आएका सेयरधनीहरु सो सभामा भाग लिन तथा आव २०७७/७८ सम्मको वितरणयोग्य सञ्चित नाफाबाट बोनस सेयर र नगद लाभांश पाउन योग्य हुनेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स