चन्द्र ढकालले दिए हिमालय पावर पार्टनरको संचालक समितिबाट राजिनामा

काठमाडौं । चन्द्र ढकालले हिमालय पावर पार्टनर लिमिटेडको संचालक समिति सदस्यबाट राजिनामा दिएका छन् । कम्पनीको संचालक समितिको असोज २५ गते बसेको बैठकले ढकालले राजिनामा स्वीकृत गरेको छ ।

कम्पनीको सुरुवाती अवस्थादेखि संस्थापक संचालक भई दोर्दी खोला जलविद्युत् आयोजनाको स्थापना तथा आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत प्राधिकरणलाई बिक्री गर्ने अवस्थासम्म पुर्याएका ढकालले आफ्नो व्यक्तिगत कारण देखाई संचालक पदमा निरन्तरता दिन नसक्ने भनी राजिनामा दिएका हुन्।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स