सिद्धार्थ क्यापिटलको १० औं वार्षिकोत्सव सम्पन्न, १० जनालाई हितग्राही खातामा १० वर्षको वार्षिक शुल्क मिनाहा गर्ने

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले असोज १३ गते आफ्नो १०औं वार्षिकोत्सव भव्यतापूर्वक मनाएको छ । कार्यक्रममा विशिष्ट अतिथिहरूका साथै कम्पनीसँग सम्बन्धित विभिन्न सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

सो कार्यक्रम, नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल र सिद्धार्थ क्यापिटल लिमिटेडका अध्यक्ष मोहित केडियाले संयुक्त रुपमा उद्घाटन गरेका थिए । नेपाल धितोपत्र बोर्डका अध्यक्ष हमालले सिद्धार्थ क्यापिटल लिमिटेडलाई १० वर्षको सेवा पूरा गरेकोमा बधाई दिनुभयो भने सिद्धार्थ क्यापिटलका अध्यक्ष केडियाले कम्पनीका सबै कर्मचारी, ग्राहक र अन्य सरोकारवालाहरुलाई धन्यवाद दिँदै आगामी दिनमा अझै राम्रो गर्ने विश्वास व्यक्त गरे । उक्त कार्यक्रममा सिद्धार्थ क्यापिटलको १० वर्षको यात्रा प्रस्तुत गरिनुका साथै १० औं वार्षिकोत्सवको अवसरमा नयाँ स्मृति चिन्ह पनि विमोचन गरिएको थियो।

साथै १० औं वार्षिकोत्सवको अवसरमा कम्पनीले विभिन्न आकर्षक योजनाहरू पनि घोषणा गरेको छ । १० जना व्यक्तिहरुलाई हितग्राही खाता मा १० वर्षको वार्षिक शुल्क मिनाहा गर्ने, सिद्धार्थ एसआइपी मा सहभागी हुने ५० भाग्यशालीलाई सिद्धार्थ व्यवस्थित लगानी योजनाका १०० ओटा इकाइहरू प्रदान गर्ने र लगानी व्यवस्थापन सेवा प्राप्त गर्नेे ग्राहकहरूलाई ५०% वार्षिक शुल्क मिनाहा गर्ने जस्ता ग्राहक लक्षित योजनाहरू कम्पनीले घोषणा गरेको छ। त्यस्तै कम्पनीले स्नाक्तकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी अनुसन्धान मुलक लेखन प्रतियोगिता पनि आयोजना गर्ने घोषणा गरेको छ ।

आफ्नो व्यावसायिक यात्रा १० वर्ष पुगेको अवसरमा उक्त कार्यक्रम भन्दा अघि कम्पनीले कर्मचारी संलग्नतामा विभिन्न कार्यक्रमहरू, वृक्षारोपण र रक्तदान लगायतका सामाजिक उत्तरदायीत्व सम्बन्धि गतिविधिहरू सञ्चालन गरेको जानकारी दिएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स